चर्चामा नारायण नेपालको गीत ‘वरको छायाले’

हिमाल प्रेस ९ फागुन २०८१ १८:३०
100
SHARES
चर्चामा नारायण नेपालको गीत ‘वरको छायाले’

काठमाडौँ- केही दिनअघि सार्वजनिक भएको ‘वरको छायाले’ बोलको गीत चर्चित बनेकाे छ। लोकभाका मिश्रित प्रेमिल गीतलाई करिब साढे ११ लाख दर्शकले हेरिसेकेका छन्।

नारायण नेपालको शब्द रहेको गीतमा प्रिति आले र सूर्य राई दनुवारको स्वर छ। गायक दनुवारले नै  संगीत भरेको गीतमा सञ्जय हमालको संगीत संयोजन छ।

सुरेन्द्र बसेलको निर्देशनमा बनेको गीतको भिडियोमा गायकगायिका प्रिति र सूर्यसहित उमेश कुमार, शीला गजुरेल र सुमन ज्योति न्यौपानेले अभिनय गरेका छन्।

किङ स्टुडियोमा रेकर्ड गरिएको गीत जेएमडी क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: ९ फागुन २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast