‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ९ फागुन २०८१ १५:१० | Friday, February 21, 2025
‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको छ। बुढासुब्बाडिजिटल युट्युब च्यानलबाट सार्वजनिक फिल्मको ट्रेलरमा होस्टेल बस्ने युवापुस्ताको दैनिकीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।

फिल्म यही फागुन २३ मा प्रदर्शन हुनेछ। फिल्ममा नवकलाकार पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुलीलगायत कलाकारको अभिनय छ।

‘होस्टेल’ को तेस्रो सिक्वेल सशान कँडेलले निर्देशन गरेका हुन्। निर्देशक कँडेलकै कथा रहेको फिल्ममा माधव शर्माले पटकथा लेखेका हुन्।

फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ। फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

अर्जुन तिवारीको डिओपी रहेको फिल्म बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, सुदिप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन छ। फिल्म सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण हो।

प्रकाशित: ९ फागुन २०८१ १५:१० | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast