फागुन २० देखि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रसारण

हिमाल प्रेस ९ फागुन २०८१ १२:१८ | Friday, February 21, 2025
फागुन २० देखि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रसारण

काठमाडौँ- टेलिभिजन सो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ यही फागुन २० देखि प्रसारण हुने भएको छ। सो को निर्देशक विशाल भण्डारी हुन्। उनले नै कार्यक्रम सञ्चालन गर्नेछन्। अध्यक्षको रूपमा अभिनेत्री दीपाश्री निरौला रहनेछिन्।

सो को ५२ भाग प्रसारण हुने निर्देशक भण्डारीले जानकारी दिए। निर्देशक भण्डारीकाअनुसार सो हिमालय टेलिभिजनबाट प्रसारण गरिनेछ। र युट्युबमा ओएसआर रियालिटीबाट हेर्न सकिनेछ। यही  १७ फागुनमा सो को छायांकन पनि हुँदैछ।

सो मा ‘कमेडी च्याम्पियन’का सहभागिहरुको प्रस्तुति रहनेछ। कमेडियन सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौंडेल, पवन भट्टराई, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामा रहनेछन्।

प्रकाशित: ९ फागुन २०८१ १२:१८ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast