यस्तो छ ‘भूठान’ को टिजर

हिमाल प्रेस ९ फागुन २०८१ ११:४८ | Friday, February 21, 2025
यस्तो छ ‘भूठान’ को टिजर

काठमाडौँ- हरिवंश आचार्य अभिनीत फिल्म ‘भूठान’ को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको टिजरमा अभिनेता हरिवंश आचार्य भुटानी आप्रवासीको भूमिकामा देखिएका छन्। उनी स्वदेश फर्कन चाहन्छन् तर परिस्थितिले अप्ठ्यारो बनाएको टिजरमा देखाइएको छ। साथै उनी मानसिक स्वास्थ्यको सामना गरिरहेको पनि देखिन्छ।

त्यस्तै, अभिनेता दयाहाङ राई र जोयश पाण्डे दाजुभाइका रूपमा छन्। उनीहरु बा को मृत शरीर गाड्ने कि जलाउने भन्ने बहस गरिरहेका छन्। त्यस्तै अभिनेत्री ऋचा घिमिरे, हलिउड अभिनेता ब्रूस डर्नको सहभागिता पनि टिजरले समेटेको छ। र अन्त्यमा महामृत्युञ्जय मन्त्रको ध्वनि र पुनर्जन्मको सङ्केतदिने दृश्यहरूले फिल्मको कथालाई  झल्काएको छ।

सिनेमाटोग्राफीको पक्षमा सुसन प्रजापतिले छायांकन गरेको फिल्मका निर्देशक विनोद पौडेल हुन्। यसअघि उनले फिल्म ‘बुलबुल’ निर्देशन गरेका थिए। भुटानी शरणार्थीहरूको संघर्ष, देश प्रेम, र प्रवासको पीडालाई समेटेर तयार पारिएको फिल्म आगामी वर्ष वैशाख १२ मा प्रदर्शन हुनेछ।

हरिवंश, दयाहाङ, ऋचा, ब्रूस डर्नसहित फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द लामा,   जोयश पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायत कलाकारको अभिनय छ।

‘द वर्ल्डस् ह्याप्पिएस्टम्यान’ शीर्षक राखेर फिल्मको अङ्ग्रेजी संस्करणसमेत तयार गरिएको छ।नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: ९ फागुन २०८१ ११:४८ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast