लिभरपुरको अर्को जितविहीन खेल

हिमाल प्रेस ८ फागुन २०८१ ७:२५ | Thursday, February 20, 2025
लिभरपुरको अर्को जितविहीन खेल

काठमाडौँ। इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले जीतविहीन खेलमा चित्त बुझाएको छ। लिभरपुल र एस्टन भिल्लासँग २-२ गोल गर्दा अंक बाँड्न बाध्य बनेको छ।

यसअघिको खेलमा लिभरपुलले जित निकाले पनि अघिल्लो खेलमा अंक बाँडेको थियो। लिभरपुलले अन्तिम ५ खेलमा ३ खेलमा जित हात पार्दा २ मा बराबरी खेलेको छ। यद्यपि अंकतालिकामा भने लिभरपुल मजबुत छ।

६१ अंकसहित लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थान ओगट्दा दोस्रो स्थानको आर्सनल ५३ रनमा सीमित छ।

भिल्लाको मैदानमा भएको खेलको २९ मिनेटमा मोहमद सलाहको गोलबाट लिभरपुलले खेलमा अग्रता लियो।  ३८ मिनेटमा टाइलेमन्स र इन्जुरी समयको तेस्रो मिनेटमा वाट्किन्सले गोल गरेपछि एस्टन भिल्ला पहिलो हाफमा २-१ गोलले अघि रह्यो।

लिभरपुलका अलेक्जेन्डर अर्नोल्डले ६१ मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दा खेल फेरि बराबरीमा आयो।

 भिल्ला ३९ अंकसहित नवौं स्थानमा छ।

प्रकाशित: ८ फागुन २०८१ ७:२५ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast