डिभाेर्सपछि ओशो पुगिन् शिल्पा

हिमाल प्रेस ७ फागुन २०८१ १३:१२ | Wednesday, February 19, 2025
डिभाेर्सपछि ओशो पुगिन् शिल्पा

काठमाडौँ- अभिनेत्री शिल्पा पोखरेलले ओशोको संन्यास दीक्षा ग्रहण गरेकी छन्। अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत शिल्पाले संन्यास दीक्षा लिएको जानकारी दिएकी हुन्।

शिल्पाले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकाे बताएकी छन्। स्वामीले उनलाई ‘माँ प्रेम हाँस्या’ नाम दिएका छन्।

शिल्पालाई ओशो परिवारमा स्वागत गर्दै उनले लेखेकी छन्, नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी ‘माँ प्रेम हाँस्या’ बनेकोमा अत्यन्त हर्षित छु। अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना।’

शिल्पाको केही समयअघि पति छविराज ओझासँग सम्बन्ध बिच्छेद भएको थियो।

प्रकाशित: ७ फागुन २०८१ १३:१२ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast