पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

हिमाल प्रेस ६ फागुन २०८१ १६:०६ | Tuesday, February 18, 2025
पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौँ- पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

राष्ट्रियसभाको आजको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गरेका छन्।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १:१५ बजे बस्नेछ।

प्रकाशित: ६ फागुन २०८१ १६:०६ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast