राप्रपाले बाँड्यो फलफूल

हिमाल प्रेस ६ फागुन २०८१ ११:५१ | Tuesday, February 18, 2025
राप्रपाले बाँड्यो फलफूल

सर्लाही- राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलंगवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ।

प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफूल वितरण गरिएको हो।

संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतोलगायतले प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो।

जिल्लामा प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय भएको छ। दिवसको मुख्य दिन बुधबार सदरमुकाम मलंगवामा प्रभातफेरी, झन्डोत्तोलन तथा मञ्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: ६ फागुन २०८१ ११:५१ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast