स्वदेश फर्किइन् साम्बा

हिमाल प्रेस ५ फागुन २०८१ १३:३२ | Monday, February 17, 2025
स्वदेश फर्किइन् साम्बा

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) सोमबार स्वदेश फर्किएकी छिन्। फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन्।

उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। नेपालले सोमबार साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ।

यसअघि उक्त प्रतियोगिताका लागि सयुक्त अरब इमिरेट्स (यूएई) को लिग खेलिरहेकी रेखा पौडेल र ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी थिइन्। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता छ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा खेलिनेछ भने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ। प्रतियोगितामा नेपालले फागुन ८ गते लेबनानसँग खेल्नेछ भने ११ गते म्यान्मासँग खेल्नेछ।

नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना राना मगर र उषा नाथ छन्। ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, विमला चौधरी र मनमाया दमाईं छन्। ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन्।

फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन्।

नेपाललाई उपाधि शून्यता समाप्त गर्ने अवसर छ : अन्जिला

प्रकाशित: ५ फागुन २०८१ १३:३२ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast