चाैथाे‌ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल-२०२५’ काे अडिसन सुरू

हिमाल प्रेस ४ फागुन २०८१ १७:२५ | Sunday, February 16, 2025
चाैथाे‌ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल-२०२५’ काे अडिसन सुरू

काठमाडौँ- ‘मिस्टर एन्ड मिस नेसनल नेपाल-२०२५’ चौथो संस्करणकाे अडिसन सुरू भएको छ। काठमाडौँस्थित होटल मण्डला नर्लिङमा फागुन ३ देखि प्रतियोगिताकाे फिजिकल अडिसन सुरू गरिएको हो।

अडिसनमा मिस ग्लोब डायना मोरेनो निर्णायकको भूमिकामा थिइन्। उनी यही कार्यक्रमका लागि केही दिनअघि नेपाल आएकी थिइन्। डायनासहित निर्णायकमा फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्वमिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्वमिस्टर इन्टरनेसनल मानस राई छन्।

सातै प्रदेशमा चल्ने प्रतियोगिताकाे २४ फेब्रअरी अर्थात् फागुन १२ देखि उपत्यकाबाहिर झापा, इटहरी, विरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा अडिसन हुनेछ। जसको समयतालिका केही दिनमा सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा १८ देखि ३२ उमेर समुहका महिला र १८ देखि ३४ सम्मका पुरुषले अडिसन दिन पाउने सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा प्रतियोगिताका नेसनल डारेक्टर डा.सन्तोष उपाध्यायले जानकारी दिए।

प्रकाशित: ४ फागुन २०८१ १७:२५ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast