दिल्ली रेलबे स्टेशन अपडेट : प्रयागराज जाने रेलमा भागदौड भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो

२५ जना घाइते

हिमाल प्रेस ४ फागुन २०८१ ८:००
16
SHARES
दिल्ली रेलबे स्टेशन अपडेट : प्रयागराज जाने रेलमा भागदौड भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो

नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भएको भागदौडमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। शनिबार राति ९:२६ बजे भागर्दाैडका कारण १८ व्यक्तिको मृत्यु भएको भारतस्थित दैनिक भास्कर पत्रिकाले जानकारी दिएको छ। जसमा १४ महिला र ३ बच्चा छन्।

२५ भन्दा बढी व्यक्ति घाइते भएको लोक नायक जय प्रकाश अस्पताल (एलएनजेपी) ले मृत्युको पुष्टि गरेको छ। यो दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको हो।

महाकुम्भमा जानका लागि स्टेशनमा साँझ ४ बजेबाट जुट्न थालेको थियो। रातिको करिब ८:३० बजे प्रयागराज जाने ३ वटा ट्रेन ढिलाइ भएकोले भिड बढेको र भागदौड मच्चिएको हो।

प्रकाशित: ४ फागुन २०८१ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast