लालिगा : बेलिंघमलाई रातो कार्ड, रियलको बराबरी

हिमाल प्रेस ४ फागुन २०८१ ७:०९ | Sunday, February 16, 2025
लालिगा : बेलिंघमलाई रातो कार्ड, रियलको बराबरी

काठमाडौँ- लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड खराव नतिजाका कारण दबाबमा पर्दै गएको छ। अघिल्लो साता च्याम्पियन लिगमा म्यान्चेस्टर सिटीमाथि साघुरो जित निकाले पनि लालिगामा भने रियलले जितकै लागि संघर्ष गरिरहनु परिरहेको छ।

रियलले २४ खेलबाट ५१ अंक प्राप्त गर्दा लगातार ३ खेलमा जितविहीन हुनुपरेको छ। ३ खेलमा एकमा हार व्यहोर्दा दुईमा अंक बाँड्नुपर्ने बाध्यता रियललाई छ। यता, शनिबार रातिको ओसासुनासँगको खेलमा त रियललाई झड्का लागेको छ। पछिल्लो समय लयमा रहेका खेलाडी जुड बेलिंघम रातो कार्ड पाएर बाहिरिँदा ओसासुनासँग बराबरीमा रोकिनु परेको छ।

१० खेलाडीमा सीमित रियल मड्रिडले सुरुवातै समयमा गोल गरेता पनि दोस्रो हाफमा भने दबाब बढाउन सकेन। बदलामा ओसासुनाले पेनाल्टीमार्फत गोल गर्दै नतिजा बराबरी बनायो।

३९औं मिनेटमा रेफ्रीमाथि अनुचित शब्द प्रयोग गरेको आरोपमा जुड बेलिंघमले सोझै रातो कार्ड पाएर बाहिरिँदा रियल दबाबमा परेको थियो।

प्रकाशित: ४ फागुन २०८१ ७:०९ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast