१५ मिनेटको अन्तरमा ह्याट्रिक गरेका मार्मुस

हिमाल प्रेस ४ फागुन २०८१ ६:५६ | Sunday, February 16, 2025
१५ मिनेटको अन्तरमा ह्याट्रिक गरेका मार्मुस

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। अघिल्लो खेलमा हार व्यहोरेको सिटीले न्युकासल युनाइटेडमाथि भने ४-० को जित निकाल्यो। सिटीको जितमा ओमर मार्मुस नायक सावित भए। उनले ह्याट्रिक गर्दा सिटी सहज जिततर्फ नायक बन्यो।

जितसँगै सिटीले २५ खेलबाट ४४ अंक पुर्‍याएको छ। पराजित न्युकासलको ४१ अंक छ।

उनले १९औँ, २४औं र ३३औं मिनेटमा गोल गरेका हुन्। मार्मुसले १५ मिनेटको फरकमा ३ गोल गरेका थिए। ८४औं मिनेटमा जेम्स मेकाटीले गोल गर्दै सिटीलाई ४-० लाई जिताए।

प्रकाशित: ४ फागुन २०८१ ६:५६ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast