झापाको बालनिकुञ्ज माविको केन्द्रमा मतदान रोकियो

हिमाल प्रेस ४ मंसिर २०७९ १०:१७ | Sunday, November 20, 2022
झापाको बालनिकुञ्ज माविको केन्द्रमा मतदान रोकियो मतदान केन्द्र । फाइल तस्बिर ।

झापा- झापाको शिवसताक्षी नगरपालिका-१० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको हो। सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने नेपालले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १०:१७ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast