पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु

हिमाल प्रेस २० पुष २०७९ ७:१७ | Wednesday, January 4, 2023
पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु

काठमाडौँ- पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो।

मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए।

 

प्रकाशित: २० पुष २०७९ ७:१७ | Wednesday, January 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast