कोशी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

हिमाल प्रेस २ फागुन २०८१ १२:३३ | Friday, February 14, 2025
कोशी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल कोशी प्रदेशसभा। फाइल तस्बिर।

विराटनगर- कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ।

सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा आमनागरिकलाई सुरक्षित, दिगो, व्यवस्थित एवं सर्वसुलभ तरिकाले खानेपानीको प्रबन्ध हुने बताए।

उनका अनुसार यसबाट सेवा चुस्त र खानेपानी व्यवस्थापनसहित नियमन गर्न सहज हुनुका साथै पानीको स्रोतमाथिको अधिकार र मुहान सुरक्षित हुन्छ।

यसैगरी, ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्तिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री र मन्त्रालयको दृष्टिले मात्र ऐन समृद्ध नहुने भएकाले सदनमा छलफल गरिएको बताए।

मापदण्ड विपरीत बनेका भवनलाई सबलीकरण गरी मापदण्डभित्र पार्न ऐनमा व्यवस्था भएको बताउँदै उनले सार्वजनिक भवन महिला, बालबालिका, आपङ्गता र ज्येष्ठ नागरिकमैत्री हुने धारणा राखे।

प्रकाशित: २ फागुन २०८१ १२:३३ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast