नेसपा (नयाँ शक्ति) को केन्द्रीय सदस्यमा श्रेष्ठ निर्वाचित

हिमाल प्रेस २ फागुन २०८१ ६:५९ | Friday, February 14, 2025
नेसपा (नयाँ शक्ति) को केन्द्रीय सदस्यमा श्रेष्ठ निर्वाचित

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट नेपाल समाजवादी विद्यार्थी युनियनका पूर्वअध्यक्ष रुपनारायण श्रेष्ठ निर्वाचित भएका छन्।

बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार केन्द्रीय सदस्य खुला युवाबाट श्रेष्ठ ४४१ मतका साथ निर्वाचित भए। गोरखा मसेलका श्रेष्ठले सद्दाम सेख, विकल पौडेल, गणेश कुँवरलाई पराजित गरेका हुन्।

निर्वाचित भएपछि श्रेष्ठले अमूल्य मत दिएर आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधि, प्रस्तावक सचिना अर्याल र समर्थक सन्तोष श्रेष्ठलगायत प्रचारप्रसारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठले पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउन संगठन विस्तार र पार्टीका एजेन्डाबारे बुझाउन जनतासम्म पुग्ने बताए।

प्रकाशित: २ फागुन २०८१ ६:५९ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast