लागुऔषधसहित दुई जना नियन्त्रणमा

हिमाल प्रेस १ फागुन २०८१ २०:१३ | Thursday, February 13, 2025
लागुऔषधसहित दुई जना नियन्त्रणमा

काठमाडौँ– सशस्त्र प्रहरी बलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट बिहीबार ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ।

प्रकाशित: १ फागुन २०८१ २०:१३ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast