अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुल बराबरीमा

हिमाल प्रेस १ फागुन २०८१ ७:३७ | Thursday, February 13, 2025
अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुल बराबरीमा तस्बिर : एपी/रासस

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले लगातार जित निकाल्ने लक्ष्यमा ‘ब्रेक’ लागेको छ। बुधबार राति एभर्टनसँग बराबरीमा रोकिँदा लिभरपुल अंक बाँड्न बाध्य भएको हो। एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलसँग २-२ को बराबरी गर्दै एभर्टनले अंक खोस्न सफल भएको हो।

पहिलो हाफको ११ औँ मिनेटमा नै बेटोको गोलमा एर्भटनले सुरुवाती अग्रता बनाएको थियो। तर १६ औँ मिनेटमा एलेसिस म्यक एलिस्टरको गोलमा लिभरपुल बराबरीमा आएको थियो। पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले समान एक-एक गोल फर्काए। खेलको ७३ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले खेललाई २–१ को अवस्थामा पुर्याएको थियो।

तर इन्ज्युरी समयमा जेम्स टारकोस्कीले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए। खेलको अन्तिम मिनेटमा खेल केही तनावग्रस्त हुँदा दुबै टोलीका खेलाडीले समान एक रातो कार्ड पाए। १० खेलाडीमा सिमित बन्न पुगे। बराबरीका बावजुद शीर्ष स्थानको लिभरपुलले ७ अंकको अग्रता कायम राखेको छ। २४ खेलबाट १७ खेलमा जित, ६ खेलमा बराबरी र १ खेलका पराजित लिभरपुल ५७ अंकमा शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५० अंक छ।

लिभरपुलसँग अंक खोसेको एभर्टन भने २७ अंकमा तालिकाको पन्द्रौँ स्थानमा छ।लो हाफको ११ औँ मिनेटमा नै बेटोको गोलमा एर्भटनले सुरुवाती अग्रता बनाएको थियो। तर १६ औँ मिनेटमा एलेसिस म्यक एलिस्टरको गोलमा लिभरपुल बराबरीमा आएको थियो।

पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टोलीले समान एक् गोल फर्काए। खेलको ७३ औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले खेललाई २–१ को अवस्थामा पुर्‍याएको थियो।

तर इन्ज्युरी समयमा जेम्स टारकोस्कीले गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए। खेलको अन्तिम मिनेटमा खेल केही तनावग्रस्त हुँदा दुवै टोलीका खेलाडीले समान एक रातो कार्ड पाए। १० खेलाडीमा सीमित बन्न पुगे।

बराबरीका बावजुद शीर्ष स्थानको लिभरपुलले ७ अंकको अग्रता कायम राखेको छ। २४ खेलबाट १७ खेलमा जित, ६ खेलमा बराबरी र १ खेलका पराजित लिभरपुल ५७ अंकमा शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५० अंक छ।

प्रकाशित: १ फागुन २०८१ ७:३७ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast