कक्षा ८ को परीक्षा एसईई मोडलमा

हिमाल प्रेस ३० माघ २०८१ १७:०४
1.4k
SHARES
कक्षा ८ को परीक्षा एसईई मोडलमा

काठमाडौँ- तनहुँको भानु नगरपालिकाले आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को परीक्षा एसईई मोडलमा सञ्चालन गर्ने भएको छ। त्यसका लागि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुल शाखाले समयतालिका र केन्द्र विवरण सार्वजनिक गरेको छ।

आधारभूत तह उत्तीर्ण परीक्षा समितिको आजको निर्णयानुसार शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा कक्षा ८ परीक्षा समयतालिका र परीक्षा केन्द्र सार्वजनिक गरिएको हो। परीक्षा आगामी चैत १३ गते बुधबारदेखि सुरु हुने तालिका छ।

पालिकाको शिक्षा शाखाले परीक्षालाई मर्यादित, व्यवस्थित, विश्वसनीय र स्तरीय बनाउने उद्देश्यले यसपटक होमसेन्टरको व्यवस्था हटाई एसईई परीक्षाको मोडलमा परीक्षा लिने गरी केन्द्र निर्धारण गरिएको बताएको छ।

प्रकाशित: ३० माघ २०८१ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast