पुराना दलले संसदीय अभ्यास बिर्सिए : रास्वपा सांसद झा

हिमाल प्रेस २९ माघ २०८१ १७:५० | Tuesday, February 11, 2025
पुराना दलले संसदीय अभ्यास बिर्सिए : रास्वपा सांसद झा फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताएका हुन्।

‘आज संसद्मा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्,’ उनले भने, ‘सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ। यहाँ संख्या होइन सिद्धान्त महत्वपूर्ण हो। तपाईँहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ। हामीले सदन अवरोध गरेका छैनौँ।’

भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उनले बताए।

प्रकाशित: २९ माघ २०८१ १७:५० | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast