प्रतिनिधिसभा बैठक बस्दै, छैन अध्यादेश पारित गर्ने कार्यसूची

हिमाल प्रेस २९ माघ २०८१ ६:५२ | Tuesday, February 11, 2025
प्रतिनिधिसभा बैठक बस्दै, छैन अध्यादेश पारित गर्ने कार्यसूची संसद् भवन नयाँ बानेश्वरमा आइतबार प्रतिनिधिसभाको बैठकमा उपस्थित सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत सम्भावित कार्यसूची छ ।

चासोका साथ हेरिएको अध्यादेशको कार्यसूची भने आज पनि परेको छैन। सरकारले यसअघिकै बैठकमा पेस गर्न चाहे पनि राष्ट्रियसभाबाट पारित हुन नसक्ने देखेपछि कार्यसूचीमा राखेको छैन।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा शून्य र विशेष समयमा पनि सांसद्हरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।

प्रकाशित: २९ माघ २०८१ ६:५२ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast