‘ताण्डवम्’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २८ माघ २०८१ २१:२९ | Monday, February 10, 2025
‘ताण्डवम्’ को ट्रेलर सार्वजनिक

काठमाडौँ– कलरिष्ट जुनिम गहतराजको निर्देशनमा बनेको फिल्म ‘ताण्डवम्’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा कार्यक्रम गर्दै सोमबार ट्रेलर सार्वजनिक गरिएको हो।

एक दम्पतीको सन्तान प्राप्तिपछि जीवनमा आइपर्ने उतारचढावको कथा फिल्ममा प्रस्तुत गरिएको छ। फिल्म महाशिवरात्रीको अवसरमा फागुन ९ देखि हलमा लाग्नेछ। फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्टस स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्।

हरि घले लामाले छायांकन गरेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत छ।

प्रकाशित: २८ माघ २०८१ २१:२९ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast