![जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न](https://himalpress.com/wp-content/uploads/2025/02/bajaj.jpg)
काठमाडौँ- जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ। जनकपुरको बाह्रबिघा मैदानमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए।
चार सयभन्दा बढीको उपस्थिति रहेको माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरूले सहभागिता जनाएका थिए।
माइलेज च्याम्पियनमा सहभागीहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा मोहनकुमार महतोले ९३.६ किलोमिटर प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे। त्यस्तै ८८.२ किलोमिटर प्रतिलिटरको प्रदर्शनका साथ सिद्धान्त साह दोस्रो र ८६.४ किलोमिटर प्रतिलिटरको प्रदर्शन गर्दै राहुलकुमार साह तेस्रो भए।
आम ग्राहकवर्गलाई बजाज प्लाटिनाको माइलेज र विशेषताबारे जानकारी दिन च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताए।
बजाजका मोटरसाइकलहरूमध्ये प्लाटिना अधिकतम माइलेज दिने मोटरसाइलकमा पर्दछ।