अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ

हिमाल प्रेस २८ माघ २०८१ १९:१४ | Monday, February 10, 2025
अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले आइतबार रातिदेखि सोमबार बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरिएको जानकारी दिए। बोहराले उनीहरूसँग रहेका ८८ थान मोबाइल, १० थान ल्यापटप र ८१ हजार नगद बरामद गरिएको बताए।

स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: २८ माघ २०८१ १९:१४ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast