राष्ट्रियसभाको आजको बैठकमा पनि कार्यसूचीमा छैन अध्यादेश

हिमाल प्रेस २८ माघ २०८१ ७:५७ | Monday, February 10, 2025
राष्ट्रियसभाको आजको बैठकमा पनि कार्यसूचीमा छैन अध्यादेश फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। दिँउसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा यसअघि चासोका साथ हेरिएको अध्यादेशको एजेन्डा कार्यसूचीमा राखिएको छैन।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एजेन्डा राखिएको छ।

मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ। अध्यादेश पारित हुन संख्या नपुग्ने संशयले कार्यसूचीमा नराखिएको अनुमान छ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले अध्यादेशको पक्षमा भए पनि उपेन्द्र यादव नेतृत्वमा जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे निर्णय गरिनसकेकाले सरकार अलमलमा छ। आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश पेस गर्ने समय नभएको अभिव्यक्ति दिएका थिए।

प्रकाशित: २८ माघ २०८१ ७:५७ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast