त्रिमूर्ति दिवसमा तीन स्रष्टा पुरस्कृत

हिमाल प्रेस २६ माघ २०८१ २१:१८
10
SHARES
त्रिमूर्ति दिवसमा तीन स्रष्टा पुरस्कृत

काठमाडौँ- त्रिमूर्ति निकेतने तीन जना स्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गरेको छ। नाट्य सम्राट बालकृष्ण समको १२३ औँ जयन्तीका अवसर पारेर त्रिमूर्ति निकेतनले स्रष्टाहरूलाई पुरस्कृत गरेको हो।

रामबाबु सुवेदी ‘लेखनाथ काव्य पुरस्कार’ बाट सम्मानित भएका छन्। ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्द कविताको सिर्जना एवं छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पु¥याएकाले सुवेदीलाई यो सम्मान प्रदान गरिएको हो।

त्यस्तै प्राडा.सावित्री कक्षपती ‘बालकृष्ण सम पुरस्कार’ बाट सम्मानित भएकी छन्। समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका साथै नेपाली रङ्गकर्मीको संवद्र्धन एवं नेपाली भाषासाहित्यको सेवामा योगदान पुर्‍याएकाले कक्षपतीलाई यो पुरस्कार प्रदान गरिएको त्रिमूर्ति निकेतनले जनाएको छ।

प्राडा. बेञ्जु शर्मालाई ‘देवकोटा काव्य’ पुरस्कार प्रदान गरिएको छ। विगत ६ दशकदेखि काव्यसाधनमा निरन्तर समर्पित रही नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान पु¥याएकाले उनलाई यो सम्मान प्रदान गरिएको हो।

ताम्रपत्रका साथै यी तीने पुरस्कारका राशि जनही एकएक लाख रुपैयाँ रहेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्राडा.महादेव अवस्थीले स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका थिए।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित कार्यक्रममा पुरस्कृतहरू तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव प्रसाईले सम्बोधन गरेका थिए।

प्रकाशित: २६ माघ २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast