माघको अन्तिम शनिबार, कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस २६ माघ २०८१ ७:१३
10
SHARES
माघको अन्तिम शनिबार, कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- माघ सबैभन्दा चिसो हुने महिना हो। हुस्सु र हिउँले चिसो बढ्ने गर्छ यो महिना। काठमाडौँमा पनि ३ दिनयता तापक्रम घटिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा काठमाडौँको न्यूनतम तापक्रम तीन दिन देखि लगातार घटिरहेको छ।

बुधबार ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री मापन भएको थियो। त्यसयता बिहानीपखको तापक्रम घटिरहेको तथ्यांकले देखाएको छ। बिहीबार यही समयमा काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो भने शुक्रबार ५.६ डिग्री सेल्सियस मापन भएको थियो।

आज बिहान ५:४५ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम ४.६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अधिकतम तापक्रम भने त्यति धेरै घटबढ भएको छैन। शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि बुधबार २३.८ डिग्री सेल्सियस थियो।

प्रकाशित: २६ माघ २०८१ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast