ओमानबाट पुनः श्रम स्वीकृति वितरण सुरु

हिमाल प्रेस २४ माघ २०८१ १२:५५
6
SHARES
ओमानबाट पुनः श्रम स्वीकृति वितरण सुरु मस्कटस्थित नेपाली दूतावासले ओमानको सलालामा आयोजना गरेको श्रम स्वीकृति वितरण कार्यक्रम। तस्बिर नेपाली दूतावास, मस्कट

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई रोजगारदाता देशबाटै श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली दूतावासले ओमानको सलालाबाट पुनः श्रम स्वीकृतिको काम यही साताबाट सुरु गरेको हो।

सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट-कन्सुलरसम्बन्धी विशेष कार्यक्रम गर्दै दूताावासले पुनः श्रम स्वीकृति पनि प्रदान गर्न थालेको छ। ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपाली कामदारका हकमा पुनः श्रम स्वीकृति लिन थालिएको जानकारी दिए। उनका अनुसार पुनःश्रम स्वीकृति वितरण गर्न थालेपछि अवैध र भिसा म्याद सकिएका कामदारलाई सहजीकरण हुन्छ। अर्यालले यो सुविधा तत्काल लिन ओमानमा बसेका अवैध कामदारलाई आग्रह गरेका छन्।

केही कामदारलाई वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा पुनः श्रम स्वीकृति प्रदान गरेका थिए। सरकारले नेपाली कामदारको हकहित संरक्षणका लागि हरेक किसिमको सहयोग प्रदान गर्दै आएको महानिर्देशक खत्रीले बताए। खत्रीले ओमानमा कार्यरत कामदारसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता र अन्य समस्याबारे संवाद गरेको बताए।

ओमानमा ६० हजारभन्दा बढी नेपाली कार्यरत छन्। जसमध्ये १५ हजारभन्दा बढी अवैध रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ। सरकारले बन्द गरेपछि घरेलु रोजगारीमा ओमान महिला कामदार ल्याइएको र ती कामदारलाई पनि श्रम स्वीकृतिका लागि आउन दूतावासले आग्रह गरेको छ।

सरकारले गत साउनदेखि वैदेशिक रोजगारीमा कार्यरत कामदारको करार अवधि सकिए रोजगारदाता देशबाटै पुनः श्रम स्वीकृति लिने व्यवस्था लागू अहिले मात्र कार्यान्वयनमा ल्याएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा पुनः श्रम स्वीकृति ओमानबाट जारी गर्न थालेको हो। ओमानपछि कतार, साउदी, यूएई र मलेसियाबाट पनि पुनः श्रम स्वीकृति वितरण गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ माघ २०८१ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast