शिक्षा ऐनका लागि महासंघले सुरु गरेको आन्दोलनमा एमालेनिकट एनएनटीए सहभागी नहुने

हिमाल प्रेस २१ माघ २०८१ ११:४६
1.0k
SHARES
शिक्षा ऐनका लागि महासंघले सुरु गरेको आन्दोलनमा एमालेनिकट एनएनटीए सहभागी नहुने

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० लाई संसद्को चालु अधिवेशनबाट ऐनको रूपमा जारी गर्नुपर्ने एकसूत्रीय माग राखेर नेपाल शिक्षक महासंघले आइतबारबाट सुरु गरेको देशव्यापी आन्दोलनमा सत्तारुढ नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) सहभागी नहुने भएको छ। एनएनटीएका महासचिव हंसबहादुर शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी नहुने बताएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्,‘गतवर्षको आन्दोलन, सम्झौताहरू र त्यसपछिका परिस्थितिहरूको समीक्षा नगरी नेपाल राष्ट्रिय शिक्षक संगठनलाई छलफलबाहिर राखेर गरिएको एकपक्षीय आन्दोलनले सकारात्मक परिणाम नल्याउने भएकाले एकपक्षीयरूपमा घोषणा गरिएको आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन सहभागी नहुने परिस्थिति सिर्जना भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन संवाद, समन्वय र सहकार्यमा विश्वास राख्दछ।’

एनएनटीले बदलिँदो परिस्थितिमा शिक्षक कर्मचारीहरूको पेसागत मुद्दाहरू झनै जटिल भइरहेको बताउँदै आम शिक्षक समुदाय एकीकृत र थप संगठित हुन जरुरी रहेको औंल्याएको छ। शिक्षकहरूको सम्पूर्ण समस्याहरू सशक्त बहस पैरवी, छलफल, अन्तर्क्रिया र आवश्यकता अनुसार एकीकृत र निर्णायक शिक्षक आन्दोलनबाट पूरा गरिनुपर्ने मान्यता संठनको विज्ञप्तिमा उल्लेख छ।

वर्तमान सरकार, सत्तारूढ दलहरू, प्रतिपक्षी दलहरू र तिनका संसदीय दल तथा शिक्षा विभागहरूले शिक्षा विधेयकलाई द्रुत मार्गमा अगाडि बढाइरहेको धारणा अभिव्यक्त भइरहेको बताउँदै एनएनटीएले शिक्षकमैत्री विद्यालय शिक्षा ऐन यथासक्य चाँडो पारित गराउनेतर्फ अगाडि बढ्नुपर्ने बताएको छ।

एनएनटीए नेपाल शिक्षक महासंघको वर्तमान राष्ट्रिय समिति र केही जिल्ला समितिको गठन प्रक्रिया महासंघको विधानअनुरूप नभएका कारण असहमति जाहेर गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघमा सहभागी छैन।

शिक्षक महासंघमा कांग्रेस र एमालेको किचलो, ओझेलमा शिक्षक-कर्मचारीका मुद्दा

चरणबद्ध आन्दोलनमा उत्रियो शिक्षक महासंघ [कार्यक्रम तालिकासहित]

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast