बजेट नबढाई गुणस्तरीय शिक्षा हुँदैन : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस २१ माघ २०८१ ११:२९
28
SHARES
बजेट नबढाई गुणस्तरीय शिक्षा हुँदैन : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको औंल्याएकी छन्। त्यसका लागि शिक्षामा लगानी गर्न सरकार तयार रहनुपर्ने उनले बताइन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा (दोस्रो त्रैमासिक प्रगति समीक्षा) मा आइतबार मन्त्री भट्टराईले गुणस्तरीय शिक्षा भए मात्र देश विकास हुने बताइन्।

साथै शिक्षकलाई मेन्टरको रुपमा विकास गर्नुपर्ने र संस्थागत विद्यालयमा समेत सुशासनको पक्षलाई ध्यान दिनुपर्नेमा जोड मन्त्री भट्टराईले जोड दिइन्।

बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरूको भौतिक तथा वित्तिय प्रगति, मन्त्रालयबाट दोस्रो त्रैमासिक अवधिमा सम्पादित प्रमुख कार्यहरू, माइस्टोनमा उल्लेख भएका विषयहरूको कार्यान्वयन अवस्था, प्रधानमन्त्री, मन्त्रीबीच भएका कार्यसम्पादन सम्झौताका विषयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो।

प्रकाशित: २१ माघ २०८१ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast