युनाइटेडको सुध्रिएन नतिजा, अंकतालिकामा ‘रेलिगेन जोन’ नजिक

हिमाल प्रेस २१ माघ २०८१ ८:०६
2
SHARE
युनाइटेडको सुध्रिएन नतिजा, अंकतालिकामा ‘रेलिगेन जोन’ नजिक

काठमाडौँ- खराब सिजन भोगिरहेको इंग्लिस टिम म्यानचेस्टर युनाइटेडले पराजित यात्रामा ब्रेक लगाउन सकेको छैन। प्रिमियर लिगका अधिका‌ंश खेल युनाइटेडका पक्षमा आएका छैनन्।

हालसम्म युनाइटेडले २४ खेल खेल्दा १३ हार ब्यहोर्दै ८ मा जित हासिल गरेको छ। जसमा ५ वटामा बराबरी खेलेको छ। युनाइटेडका लागि यो भन्दा खराब समय अरू नभएको बताउने गरिन्छ।

अघिल्ला सिजनहरूमा शीर्ष स्थानमा दाबेदारी प्रस्तुत गर्ने युनाइटेड यसपटक रेलिगेसन ग्रुप नजिक पुगेको छ। युनाइटेडको खराब लयकै कारण प्रिमियर लिगमा १३ औँ स्थानमा पुगेको छ। लिगको १८ औँ स्थानदेखि रेलिगेसन जोन सुरु हुन्छ। आइतबार रातिको खेलमा  म्यान्चेस्टर युनाइटेडले अर्को पराजित खेल भोग्नुपर्‍यो।

युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजय भयो। प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे। माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे।

अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २-० ले हराएको छ। जारी लिगमा टोटेनहमले आठौं खेलमा पहिलो जित हासिल गरेको छ। ३० अंकसहित प्यालेस १२ औं स्थानमा छ।

प्रकाशित: २१ माघ २०८१ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast