रसुवा बाढीका गलत भिडियोबाट सचेत रहन प्राधिकरणको आग्रह

हिमाल प्रेस २२ भदौ २०८३ १५:०५ | Monday, September 7, 2026
रसुवा बाढीका गलत भिडियोबाट सचेत रहन प्राधिकरणको आग्रह

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ।

सोमबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा फैलिएर जनमानसमा नकारात्मक प्रभाव परेको पाइएको बताए।

आधिकारिक व्यक्तिहरुबाट आएका भनिएका भिडियोहरूलाई समेत सामाजिक सञ्जाल हेर्ने टिममार्फत फ्याक्ट चेक गर्दा फेक पाइएकाले त्यस्ता भ्रामक सूचनाबारे सचेत रहन उनले आग्रह गरे।

उनले चीनसँग समन्वय र विज्ञताको आदानप्रदान गरी खोज, उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखिएको धारणा राखे। बेपत्ता भएकाहरूको नाम आउनेबित्तिकै तीनवटै सुरक्षा निकाय तथा फिल्डमा खटिएका टिमलाई पठाएर खोज तथा उद्धार जारी राखिएको उनले बताए।

उप्रेतीले खोज तथा उद्धारमा खटिएका हेलिकप्टर खाली भएको समयमा काठमाडौँबाट नभई त्रिशूली वा रसुवाबाटै खाद्य सामग्री, राहत, बिजुली तथा सञ्चारका उपकरणहरू प्रभावित क्षेत्रमा पठाउने प्रयास भइरहेको जानकारी दिए।

राहत नपाएको गुनासो आएका ठाउँमा स्थानीय सरकारसँग निरन्तर समन्वय गरी सम्बोधन गर्ने कार्य भइरहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast