कति छ आजको काठमाडौँको तापक्रम?

हिमाल प्रेस १९ माघ २०८१ ८:२१
6
SHARES
कति छ आजको काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ।

शुक्रबार बिहान ९ बजेसम्मको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो। शनिबार न्यूनतम तापक्रम हल्का घटेको हो। काठमाडौँमा शनिबार बिहान हल्का हुस्सु पनि लागेको छ।

शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २१.४ डिग्री सेल्सियस मापन भएको थियो। शनिबार पनि २१ देखि २३ डिग्री सेल्सियसकाबीच अधिकतम तापक्रम रहने पूर्वानुमान छ।

प्रकाशित: १९ माघ २०८१ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast