सीके राउतको प्रश्न : भूमिसम्बन्धी अध्यादेश महेन्द्रीकरण गर्ने उद्देश्यले आएको हो?

हिमाल प्रेस १८ माघ २०८१ १६:४१
450
SHARES
सीके राउतको प्रश्न : भूमिसम्बन्धी अध्यादेश महेन्द्रीकरण गर्ने उद्देश्यले आएको हो?

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले अध्यादेश ल्याउँदैमा आत्तिन नहुने बताएका छन्। शुक्रबार संसद बैठकमा बोल्दै अध्यादेश ल्याएर सरकारले केही गर्न खोज्न चाहेको ढंगबाट बुझ्नुपर्ने बताएका हुन्।

भूमिसम्बन्धी अध्यादेशप्रति आफूहरूको आशंका रहेको उनले बताए। राउतले भूमिसम्बन्धी आयोगमा पुनः एकपटक भूमिकरण गर्ने हो कि भन्ने शंका गर्ने प्रशस्त आधार रहेको उल्लेख गरे।

उनले राज्यको सबै निकायमा रंगभेद विद्यमान रहेको बताउँदै विना भेदभाव भूमि उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराए। राउतले न्यायालयले आफ्नो निर्णय सुनाउँदा कार्यपालिकाको अधिकारीको फोन कुरेर बस्ने गरेको आरोप लगाए।

संसदलाई सरकारले बन्धक बनाउने काम गरेको बताउँदै उनले संसदलाई आफ्नो ढंगबाट काम गर्ने व्यवस्था लागू गर्न आग्रह गरे।

सरकारलाई समर्थन दिएको बताउँदै उनले सरकार र मन्त्री खोज्नुपर्ने अवस्था आएको बताए। ‘एउटा राष्ट्रिय अध्यक्षले समय माग्दा पनि मन्त्रीज्यूहरूले समय दिनु हुँदैन,’ राउतले भने,‘हाम्रो यो हालत छ भने साधारण जनताको हालत के होला? सरकार र मन्त्री खोज्नुपर्ने अवस्था छ।’

प्रकाशित: १८ माघ २०८१ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast