‘मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ’

हिमाल प्रेस १६ माघ २०८१ २१:१४ | Wednesday, January 29, 2025
‘मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित गर्न सकेमात्र सहिदको आत्माले शान्ति मिल्ने बताएका छन्।

सहिद दिवसका अवसरमा पार्टीले बुधबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै उनले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताए।

उनले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताए।

जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको बताउँदै अध्यक्ष थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए।

श्रद्धान्जली सभामा तत्कालीन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका नेताहरु तथा परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित: १६ माघ २०८१ २१:१४ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast