मलेसियामा सहकर्मी कुटेको अभियोगमा पवन धिमाललाई २ वर्ष कैद र ३ कोर्रा

हिमाल प्रेस १६ माघ २०८१ ११:४६ | Wednesday, January 29, 2025
मलेसियामा सहकर्मी कुटेको अभियोगमा पवन धिमाललाई २ वर्ष कैद र ३ कोर्रा मलेसिया

काठमाडौँ- मलेसियाको एउटा अदालतले सहकर्मीलाई कुटेको अभियोगमा एक नेपाली कामदारलाई २ वर्ष कैद र ३ कोर्राको सजाय सुनाएको छ। क्लिनरका रूपमा कार्यरत सुनसरीका पवन धिमालले  चुरोट नदिएको झोकमा नेपाली सहकर्मीमाथि कुटपिट  गरेका थिए। धिमाललाई अदालतले २ वर्ष कैद र ३ कोर्राको सजाय सुनाएको जानकारी आएको मलेसियास्थित नेपाली दूतावासका कन्सुलर भोलानाथ गुरागाईँले बताए।

कुटाइ खाने नेपालीको परिचय भने अदालतले गोप्य राखेको छ। मलेसियाको कानुनअनुसार पीडितले आफ्नो परिचय गोप्य राख्न पाउँछन्। चुरोट नदिएपछि पवनले भान्सामा रहेको फ्राइप्यानले सहकर्मीको टाउकोमा पटकपटक प्रहार गरेको मलेसिया प्रहरीसँग दिएको बयान खुलाएका थिए।

आक्रमणमा प्रयोग गरिएको फ्राइप्यान प्रहरीले बरामद गरेको थियो। प्रहरी अनुसन्धानमा धिमालले पीडितलाई कुटपिट गरेको स्वीकार गरेका थिए। उनले आफूलाई चुरोट दिन अस्वीकार गरेका कारण आवेगमा आएर हातपात गरेको बयान दिएका छन्। अत्यधिक रक्तस्रावको कारण घाइतेको शल्यक्रिया र सघन हेरचाह एकाइमा १४ दिनसम्म उपचार गर्नुपरेको थियो। घाइतेलाई रोजगारदाता कम्पनीले आफ्नो निगरानीमा राखेको दूतावासका  कन्सुलर गुरागाईँले जानकारी दिए।

प्रकाशित: १६ माघ २०८१ ११:४६ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast