पाँच साधकलाई ‘नइ पुरस्कार’

हिमाल प्रेस १३ माघ २०८१ १९:२७ | Sunday, January 26, 2025
पाँच साधकलाई ‘नइ पुरस्कार’

काठमाडौँ- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। नइ प्रकाशनले पाल्पाका कृष्णप्रसाद वस्याललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ दिने निर्णय गरेको हो।

साढे ६ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा विशेष योगदान गरेवापत वस्याललाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए। यो पुरस्कारको राशी ६० हजार रहेको छ।

नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ प्रदान गरिने भएको छ।

त्यस्तै काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संगठनको संवद्र्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पुर्‍याउने झापाका धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गर्ने निर्णय भएको सदस्य सचिव प्रसाईले जानकारी दिए।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको हित, मर्यादा र संगठनमा क्रियाशील र समर्पित रहेर देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पु¥याउने पोखराकी तेस्रो लिङ्गी रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गरिने भएको छ।

यी तीनओटा पुरस्कारका राशि जनही ५०–५० हजार रूपैयाँ रहेको नाइ प्रकाशनले जनाएको छ।

त्यस्तै झापाकी मनिषा राजवंशीलाई २५ हजार रूपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ। थाइल्यान्डमा सम्पन्न विश्वका ४४ राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस हेरिटेज पेटाइट युनिभर्स’ बाट सर्वोत्कृष्ट भई नेपालको प्रतिष्ठा बढाएकाले राजवंशीलाई यो पुरस्कार दिने निर्णय भएको सदस्य सचिव प्रसाईले जानकारी दिए।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आइतबार बसेको बैठकले पुरस्कारबारे निर्णय गरेको हो।

प्रकाशित: १३ माघ २०८१ १९:२७ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast