मलेसियामा अवैध बसेको १६ नेपाली कामदार पक्राउ

हिमाल प्रेस १३ माघ २०८१ १५:१७ | Sunday, January 26, 2025
मलेसियामा अवैध बसेको १६ नेपाली कामदार पक्राउ मलेसिया

काठमाडौँ– मलेसियामा अवैध रुपमा बसेका १६ जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको बुकित बिन्ताङमा अवस्थित जालान अलोर आसपास गरेको धरपकडमा नेपालीसहित १ सय ७६ जना अवैधानिक विदेशी कामदार पक्राउ गरेका छन्।

अध्यागमनका अनुसार ७१ जना बंगलादेशी, ६० जना म्यानमारका, २४ इन्डोनेसियाली, ३ जना पाकिस्तानी तथा १–१ जना इजिप्सियन र सुडानी पक्राउ परेका हुन्।

मलेसियास्थित नेपाली दूतावासका अनुसार उक्त धरपकडमा १६ जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमनले पछिल्लो समय अध्यागमन कानुन मिचेर बसेका विदेशी कामदारविरुद्ध धरपकड तीव्र परेको छ।

मलेसियामा अवैध रुपमा बसेका विदेशी कामदार पक्राउ परेमा कम्तीमा पनि ३ महिना जेल सजाय र १० हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

सन् २०२३ जुन महिनाको २७ तारिखदेखि सन् २०२४ को जुन ३० तारिकसम्म ‘रिक्यालिब्रेसन २.०’ कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा सहभागी नभई बसेका अवैध कामदारमाथि अहिले धरपकड भइरहेको छ।

प्रकाशित: १३ माघ २०८१ १५:१७ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast