अब पढ्न पाएर मात्र पनि हुँदैन : शिक्षामन्त्री

हिमाल प्रेस १२ माघ २०८१ ११:०२ | Saturday, January 25, 2025
अब पढ्न पाएर मात्र पनि हुँदैन : शिक्षामन्त्री
गोरखा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन्। गोरखा नगरपालिका–८, आहालेस्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको उल्लेख गरिन्।

‘अहिले शिक्षामा दस प्रतिशत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहबाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भनिन्, ‘अहिलेको लगानीलाई बढाएर कुल बजेटको २० प्रतिसत शिक्षामा लगानी गर्नका लागि संघीय सरकारले आफुलाई तयार गर्नुपर्छ।’

शिक्षालाई थप गुणस्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बेला आएको जनाउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीका लागि समुदायसमेत सचेत र जागरुक हुनुपर्नेमा जोड दिइन्।

‘शिक्षामा लगानी बढाउने कुरा हामीले अन्तराष्ट्रिय रूपमा पनि प्रतिवद्धता व्यक्त गरेका छौँ, मन्त्री भट्टराईले भनिन्, ‘राष्ट्रिय रुपमा हाम्रो संविधानले नै शिक्षामा लगानी गर्नुपर्ने कुरा निदृष्ट गरेको छ।’ मन्त्री भट्टराईले सबैभन्दा पहिला संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय नराम्रो भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याइन्।

‘सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाएका थुप्रै उदाहरण छन्, उनले भनिन्, ‘सार्वजनिक विद्यालयमा सिंगो समुदायले गरेको मेहनत र सरकारले दिएको साथमा अपर्याप्त छ भने सवैको खबरदारी गर्नु जरुरी हुन्छ।’

प्रकाशित: १२ माघ २०८१ ११:०२ | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast