काठमाडौँ- माघकोे दोस्रो शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
सधैँझैँ यो साता के कस्ता कार्यक्रम हुँदै छन् त, हेरौं
सर्वनाम थिएटरमा ‘जुनकिरी गजल साँझ’
कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज ‘जुनकिरी गजल साँझ’ हुँदैछ। कार्यक्रममा शीतल कदम्बिनी, संगीता थापा मगर, बिमला दाहाल र सुशीला श्रेष्ठले गजल वाचन गर्नेछन्। अरुणा ढकाललले सञ्चालन गर्ने कार्यक्रम दिउँसो ३ः ३० बजे सुरु हुनेछ। जुनकिरी अविश्रान्त उज्यालोले आयोजना गरेको कार्यक्रममा प्रवेश शुल्क रु. ३००, ५०० र १००० रुपैयाँ तोकिएको छ।
मण्डलामा ‘मुक्कुमलुङ’
थापागाउँस्थित मण्डला थिएटरमा माघ ४ (आज) देखि नाटक ‘‘मुक्कुमलुङ’ मञ्चन भइरहेको छ। माघ २७ सम्म चल्ने नाटक याक्थुङ समुदायको प्राचीन सभ्यता र परम्पराको धरोहर चोत्लुङ (पवित्र गुफा)सँग सम्बन्धित छ। नाटक गीलु रातोस, अनिल सुब्बा र बिष्णु मोक्तानको संयुक्त लेखनमा बनेको छ।
नाटकका परिकल्पनाकार र निर्देशक अनिल सुब्बा हुन्। नाटकमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू सौजन सेनेहाङ, मणि के राई, भूमिका थारू, पवनकुमार गोले, अजय लामा, डेविड सुवेदी, सञ्जित थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमरबाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजालीको अभिनय छ। सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका सवा पाँच बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।
हलमा कुन कुन फिल्म?
केटी हराएको सूचना
माघ १२ देखि फिल्म ‘मिसिङ केटी हराएको सूचना’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दीपेन्द्र गौचन हुन्। मधेश र पहाडकी युवायुवतीबीचको प्रेम कथामा आधारित फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको ब्यूएफएक्स अन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको २७ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स र कलंकी सिनेमा हलमा फिल्म ‘केटी हराएको सूचना’ प्रदर्शन भइरहेको छ।
डाकु महाराज
बलिउड फिल्म ‘डाकु महाराज’ यही माघ १२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक बबी कोल्ली हुन्। फिल्ममा नन्दुमरी बालकृष्ण, बबी देओललगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको ११ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘डाकु महाराज’ चलिरहेको अन्य हल हुन्।
अजाद
हिन्दी फिल्म ‘अजाद’ माघ ३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अभिशेष कपुर हुन्। एक्सन एड्भेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा अजय देवगन, आमान देवगन राशा थाडानीलगायत कलाकारको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको ५ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
कार्साङ्
यम शेर्पाको लेखन तथा निर्देशनमा फिल्म ‘कार्साङ्’ हलमा प्रदर्शन भैरहेको छ। पुस २६ देखि प्रदर्शन भएको फिल्म सिन्धुपाल्चोक जिल्लाको यार्शा गाउँमा बस्ने शेर्पा समुदायको संस्कारको कथामा आधारित छ। फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको ५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘कार्साङ्’ चलिरहेको अन्य हल हुन्।
गेम चेञ्जर
बलिउड फिल्म ‘गेम चेञ्जर’ पुस २६ देखि नेपालमा पनि प्रदर्शन भइरहेको छ। एक्सनप्रधान जनरामा बनेको फिल्ममा राभ चरण, कियारा आडवाणी, अञ्जली, समुचिरानी, ब्रम्हानन्दम्लगायत कलाकारको अभिनय छ। राजनैतिक विषयवस्तुमा आधारित फिल्मका निर्देशक एस शंकर हुन्।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको ७ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।
मुफासाः द लायन किङ
हलिउड फिल्म ‘मुफासाः द लायन किङ’ पुस ५ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक बेरी जेनकिन्स हुन्। एडभेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा आरोन पियारे, केल्विन ह्यारिसन जूनियर, सेथ रोजेन मुख्य भूमिकामा छन्।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाज अन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको ६ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शन भइरहेको छ।
पुष्पा २ः द रुल
मंसिर २१ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ उच्च सोसहित तेस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्।
शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मको ५ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिटी सिनेमाज र रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ। फिल्मले हलमा ५१ दिन मनाइसकेको छ। फिल्मले करिब ५० करोड ग्रस कलेक्सन गरिसकेको टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सो छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

