न्यायाधीशको आलोचना गरेका अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा

हिमाल प्रेस ११ माघ २०८१ १४:१४ | Friday, January 24, 2025
न्यायाधीशको आलोचना गरेका अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा दिनेश त्रिपाठी

काठमाडौँ- न्यायाधीशको आलोचना गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीशको आलोचना गरेका त्रिपाठीविरुद्ध अदालतको अवहेलना अभियोगमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो।

न्यायाधीशको आलोचना गरेको भन्दै दिलबहादुर राईले आज शुक्रबार त्रिपाठीमाथि हदैसम्मको कारबाहीको मागसहित निवेदन दिएका हुन्।

त्रिपाठीले सहकारी ठगी अभियोगको मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई धरौटीमा छाड्न दिएको भन्दै उनीहरूको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए।

त्रिपाठीको अभिव्यक्तिबारे बिहीबार न्यायाधीशहरूले पनि विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए। लामिछानेलाई कास्कीमा ६५ लाख र काठमाडौँमा ६५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिइएको थियो। त्रिपाठी रवि लामिछानेको विपक्षमा बहसमा सहभागी भएका अधिवक्ता हुन्। त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा हातपात पनि भएको थियो। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो।

प्रकाशित: ११ माघ २०८१ १४:१४ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast