सुप्रिम सहकारी प्रकरणकाे बयानका लागि रूपन्देही आए लामिछाने

हिमाल प्रेस ८ माघ २०८१ १८:३५
10
SHARES
सुप्रिम सहकारी प्रकरणकाे बयानका लागि रूपन्देही आए लामिछाने

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पूर्व गृहमन्त्री रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही आइपुगेका छन्। लामिछाने विमानस्थल हुँदै भैरहवा आएका हुन्।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएपछि लामिछाने यहाँ आएका हुन्।भैरहवाको होटल मेरिगोल्डमा बसेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने अदालतमा हाजिर भएपछि उनको बयान हुनेछ र त्यसपछि थुनछेक बहस सुरु हुनेछ।

हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ। यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन्।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका छन्। कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा उनी थुनामुक्त भएका हुन्।।

प्रकाशित: ८ माघ २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast