पोखरामा दाइँ महोत्सव

हिमाल प्रेस ६ माघ २०८१ २०:३१ | Sunday, January 19, 2025
पोखरामा दाइँ महोत्सव

पोखरा– ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ पर्यटनको राजधानी पोखरामा दाइँँ महोत्सव आयोजना गरिएको छ।

पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव जस्तै आइतबार दाइँ महोत्सव आयोजना गरेको हो।

अफ सिजनमा पर्यटक आकर्षित गर्न विभिन्न इभेन्ट आयोजना गर्दै आएको परिषद्ले कृषि पर्यटनको विकासका लागि दाइँ महोत्सव गरेको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

पोखरा–२३, मार्गीस्थित फेवा फाँटमा भएको दाइँ महोत्सवको गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरूङले उद्घाटन गरे।

उनले यस प्रकारका कार्यक्रमले कृषिसहित पर्यटनको विकासमा सघाउ पुग्ने बताए।

परिषद् अध्यक्ष पहारीले असारमा लगाएको खेती परम्परागत शैलीमा दाइँ गरी भित्राउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकका लागि चिनारी दिन
महोत्सव सुरू गरिएको बताए।

आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिने उनले बताए। पोखरामा यसअघि होटल संघले समेत दाइँ महोत्सव गरेको थियो। तर निरन्तरता दिन सकेको थिएन। परिषद्ले आयोजना गरेको रोपाइँ महोत्सव १९ औ संस्करण पूरा भइसकेको छ।

नयाँ पुस्तालाई धान बोरामा होइन, खेतमा फल्छ भन्ने सिकाउन महोत्सवले टेवा दिने अपेक्षा रहेको परिषद्का सहकोषाध्यक्ष एवम् महोत्सव संयोजक बाबुराम पाण्डेले बताए।

माघ महिनामा आएर बल्ल दाइँ महोत्सव गरिएकोमा भने केहीले टीकाटिप्पणी गरेका छन्।

प्रकाशित: ६ माघ २०८१ २०:३१ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast