‘कार्साङ’ ले कति कमायो?

हिमाल प्रेस ४ माघ २०८१ ९:३५ | Friday, January 17, 2025
‘कार्साङ’ ले कति कमायो?

काठमाडौँ- ‘कार्साङ’ निर्माण कम्पनी यार्सा फिल्म्सले ६ दिनको व्यापारिक आँकडा सार्वजनिक गरेको छ। फिल्म्सले बुधबार जारी गरेको एक पोस्टरमा फिल्मको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख उल्लेख छ।

वितरक कम्पनी आरआर फिल्म्सका रोहित कट्टेलले माघे संक्रान्तिको दिन देशभर फिल्मले ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको दाबी गरे।

प्रदर्शनको सुरुवाती दिनमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सिर्जना निङ्लेखु र जितु नेपालले काठमाडौँका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए।

निर्देशक यम शेर्पा स्वयंको लेखन रहेको फिल्ममा दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको पनि अभिनय छ।

फिल्मका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन्। अभाव र दुःखबीच एउटा झाँक्री परिवारले आफ्नो जातीय संस्कृति जोगाउन गरेको संघर्षमा फिल्म आधारित छ।

प्रकाशित: ४ माघ २०८१ ९:३५ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast