संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्छ : पूर्णबहादुर खड्का

हिमाल प्रेस ३ माघ २०८१ २१:४३ | Thursday, January 16, 2025
संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्छ : पूर्णबहादुर खड्का फाइल तस्बिर

कास्की- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज (बिहीबार) पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकार गठनका बेला गरिएको सातबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि उल्लेख भएकाले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

‘संविधान निर्माण गरेको नौ वर्ष पूरा भएको छ, संविधान बनाउने बेलामा पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने विषय उल्लेख भएको हुँदा त्यसै अनुसार  संशोधन गर्ने दिशामा कांग्रेस अग्रसर छ,’ उपसभापति खड्काले भने, ‘मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत नआउने र संसद्को अङ्कगणितका कारण साना पार्टीलाई सरकारको नेतृत्व दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ।’

प्रकाशित: ३ माघ २०८१ २१:४३ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast