उपकुलपति, रेक्टर र रजिस्ट्रारको भागबन्डामा डिन र क्याम्पस प्रमुख नियुक्त : त्रिवि स्ववियु सभापति

हिमाल प्रेस ३ माघ २०८१ १०:५५ | Thursday, January 16, 2025
उपकुलपति, रेक्टर र रजिस्ट्रारको भागबन्डामा डिन र क्याम्पस प्रमुख नियुक्त : त्रिवि स्ववियु सभापति

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति श्यामराज ओझाले उपकुलपति, रेक्टर र रजिस्ट्रारको भागबन्डामा डिन र क्याम्पस प्रमुख नियुक्त गरिएको दाबी गरेका छन्। त्रिवि सिनेट सदस्यसमेत रहेका ओझाले कलस्टर नै बनाई नियुक्ति दिनुले विश्वविद्यालयको भविष्य डामाडोल गर्ने र सबैलाई लज्जित बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘पछिल्लो समय मेरीटोक्रेसिको नाममा उपकुलपति, रेक्टर र रजिस्ट्रार तिनै जनाले भागबन्डा गर्दै डिनहरू तथा क्याम्पस प्रमुखहरू नियुक्त गरेको विषयले हामी सबैलाई लज्जित तुल्याएको छ। नियुक्ति पाउने सबै व्यक्तित्वहरूमा हाम्रो सद्भाव छ तर फलानो क्याम्पस/व्यक्ति फलानोको भागमा, तिलानो क्याम्पस/व्यक्ति फलानोको भागमा भनेर कलस्टर नै बनाई नियुक्ति दिनुले विश्वविद्यालयको भविष्य डामाडोल गर्ने निश्चित छ। विश्वविद्यालय चलाउने जिम्मेवारी पाएकाहरूले आफ्नो पैतृक सम्पत्तिजस्तो पदहरू बाँडेर बस्नु कदापि विश्वविद्यालयको हितमा हुन सक्दैन।’

उनले डिन नियुक्तिमा पनि प्रधानमन्त्रीको घुमाउरो प्रभाव तथा सेटिङ हाबी हुनुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनु हुँदैन भन्ने आफूहरूको स्पष्ट कुरा रहेको बताए। विद्यार्थी र विश्वविद्यालयलाई केन्द्रमा राख्नुको सट्टा तीनजना पदाधिकारीहरूले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर सेटिङमा, मेरीट मिचेर, प्राप्तांकसमेत सार्वजनिक नगरी, अपारदर्शी तरिकाले डिन र क्याम्पस प्रमुख नियुक्तिमा अघि बढ्नुले थप संघर्ष गर्न बाध्य बनाउने निश्चित भएको सभापति ओझाले बताए।

त्रिविको कार्यकारी परिषद्ले गत मंसिर २९ गते आठ जना डिन र पुस २९ गते २४ क्याम्पसमा प्रमुख नियुक्ति गरेको थियो।

त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्ति : रोकिएन दलीय भागबन्डा, अटाएनन् महिला

प्रकाशित: ३ माघ २०८१ १०:५५ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast