घट्यो राजस्व संकलन

हिमाल प्रेस १ माघ २०८१ १२:४० | Tuesday, January 14, 2025
घट्यो राजस्व संकलन अर्थ मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- आर्थिक वर्ष २०२४/२५ को पहिलो छ महिनाको राजस्व संकलन लक्ष्यभन्दा १६.१८ प्रतिशतले घटेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा ५५९ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल राजस्व संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संकलन भएको राजस्वभन्दा झन्डै ६३ अर्ब रुपैयाँ बढी भए तापनि, चालु आर्थिक वर्षको यो अवधिमा सरकारले निर्धारण गरेको लक्ष्यभन्दा करिब १६ प्रतिशत कम छ।

सरकारले चालु आर्थिक बर्षको पहिलो छ महिनामा ६७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा आफ्नो कुल राजस्व लक्ष्यको ४० प्रतिशत मात्र हासिल गरेको छ। यो आर्थिक वर्षको सरकारले १,४१९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

यसैबीच, सरकारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ३९.०६ प्रतिशत खर्च प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले चालु आर्थिक बर्षको ६ महिनामा बजेटको ३५.८९ प्रतिशत अर्थात् ६६७ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ।

चालु आर्थिक वर्षमा सरकारले १,८६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राकेहोछ। साधारण खर्चतर्फको प्रगति ३९.६३ प्रतिशत रहेको छ भने पूँजीगत खर्चतर्फ पहिलो छ महिनामा प्रगति निराशाजनक १६।१६ प्रतिशत मात्र रहेको छ।

चालु आर्थिक वर्षमा साधारण खर्च तर्फ विनियोजित १,१४० अर्ब ६६ करोड रुपैयाँ मध्ये, ६ महिनामा सरकारले ४५२ अर्ब रुपैयाँ खर्च गर्न सकेको छ। यस्तै, चालु आर्थिक वर्षका लागि पूँजीगत खर्चतर्फ विनियोजित ३५२ अर्ब ३५ करोड रुपैयाँमध्ये, पहिलो छ महिनासम्ममा ५६ अर्ब ९ करोड रुपैयाँ मात्र खर्च भएको छ।

प्रकाशित: १ माघ २०८१ १२:४० | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast