मदिरा सेवन गरेको अभियोगमा अर्का मतदान अधिकृत बर्खास्त

हिमाल प्रेस ३ मंसिर २०७९ १५:३२ | Saturday, November 19, 2022
मदिरा सेवन गरेको अभियोगमा अर्का मतदान अधिकृत बर्खास्त निर्वाचन आयोग

कपिलवस्तु- नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका-४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए। उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन गरिएको छ।

उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए। यसअघि नवलपुरका एक मतदान अधिकृत पनि बर्खास्त भएका थिए।

प्रकाशित: ३ मंसिर २०७९ १५:३२ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast