काठमाडौँ- प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले पुस २४ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
पुस २ गते निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको थियो।

                            प्रकाशित: १७ पुष  २०७९ १२:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

